युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य – Nepal Press

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौं । युगान्डाले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मदानमा जारि टी–२० शृङखलाको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल तयार गर्यो ।

युगान्डाका लागि जानेत बाबाजाईले सर्वाधिक २९ रनको योगदान गरिन् । उनले ३८ बलमा ३ चौका प्रहार गरिन । ओपनर केभिन अविनो १५ रनमा आउट भइन् । अर्की ओपनर लियोना बब्रिय डक आउट भएकी थिइन् । उनलाई कविता कुवँरले बोल्ड आउट गराइन् ।

चौथो नम्बरमा क्रिजमा आएकी फ्रङ्क्लिन नाजुम्बाले १२ रन र रिता न्यानगेन्दो १८ रनमा पभेलियन फकिँदा रिता मुसामाली १३ र इभलेयन एनिपो ५ रनमा अविजित रहे ।

नेपालको वलिङमा कविता कुँवरले सर्वाधिक २ विकेछ लिइन् । उनले ४ ओभरमा ५ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *