डिबलाले सिजनको अन्त्यमा युभेन्ट्स छाड्ने – Nepal Press

डिबलाले सिजनको अन्त्यमा युभेन्ट्स छाड्ने

काठमाडौं । युभेन्ट्सका फरवार्ड पाउलो डिबलाले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । २८ वर्षीय डिबलाले इटालियन क्लबबाट २९१ खेल खेल्दै ११५ गोल गरेका छन् । उनको अनुबन्ध यो सिजनसँगै सकिँदै छ । उनी सम्झौता नवीकरण नगर्ने मनसायमा पुगेका हुन् ।

यस सिजन ९२०२१(२२० मा डिबलाले ३७ खेलमा १५ गोल गरेका छन् । यस सिजन खराब लयबाट गुज्रिएको युभेन्ट्स सिरी ए मा चौथो स्थानमा छ ।

अर्जेन्टिनी स्टार खेलाडी पालेर्मोबाट सन् २०१५ मा युभेन्ट्स भित्रिएका थिए । क्लब अनुबन्धयता उनले १२ ट्रफी हात पारेका छन् । जसमा पाँच लिग उपाधि रहेको छ । ‘आज यो जर्सीमा मेरो अन्तिम खेल हुनेछ । यो कल्पना गर्न गाह्रो छ । तर यो नै अन्तिम बिदाइ हो,’ डिबलाले ट्विट गरेका छन् ।

यसअघि सन् २०१९ को समरमा डिबला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड वा टोटनहम जान चाहन्थे तर युभेन्ट्सले उनलाई जान दिएन । अब भने कहाँ पुग्नेछन् ? त्यो भने खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *