धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप – Nepal Press

धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ ।

धनौजी गाउँपालिका १ को मतगणना गर्ने क्रममा मतपत्र बढी भेटिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायतका कार्यकर्ताहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अँश्रुग्यास प्रहार गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले स्थिति नियन्त्रणमा लिन प्रहरीले ७/८ राउण्ड हवाई फायर र अँश्रुग्यास प्रहार गरेको बताए । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

कांग्रेस पार्टीको जनप्रतिनिधिबाहेकको पार्टीका जनप्रतिनिधि र स्थानीय निर्वाचन अधिकृतले चरम लापरबाही गरेको भन्दै आक्रोशित छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर