डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी – Nepal Press

डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी

कैलाली । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार हस्तबहादुर बुढालाई ३४ मतान्तरले पछि पार्दै २ हजार ५४ मत ल्याएर गड्सिला दोस्रोपटक विजयी भएका हुन् ।

गड्सिलाका निकटतम प्रतिद्वन्द्वी बुढाले २ हजार २४ मत ल्याए । तेस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर बमले १ हजार ९ सय ३४ मत ल्याए ।

उपाध्यक्षमा भने २ हजार ६३ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार विस्ना देउवा बम विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद वर ज्ञानु मल्ल बमले १ हजार ९ सय ९१ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर