सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका रावत विजयी – Nepal Press

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका रावत विजयी

सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मत पाएर विजेता बन्दा नेकपा एसका डिल्लीबहादुर केसी २०१७ र एमालेका लोकेन्द्र सिंह खड्काले १७९६ मत पाएर पराजित भए ।

उपाध्यक्षमा पनि कांग्रेसले जित निकालेको छ । कांग्रेसकी सिता खड्का पुन ३१८६ मत ल्याएर विजयी बन्दा माओवादीका राजेन्द्र कुमार थापा २०३५ र एमालेका कलावती वलीले १८१९ मत पाएर पराजित भए ।

यो पालिकाको चार वडामा कांग्रेस तथा एक–एक वडामा एमाले र माओवादी विजय भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर