बुलिङटारमा एमाले विजयी, कांग्रेसको गढ तोड्दै २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष – Nepal Press

बुलिङटारमा एमाले विजयी, कांग्रेसको गढ तोड्दै २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्‍याइएको थियो ।

अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् । एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर