सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी, मिना बनिन् कांग्रेसबाट पहिलो महिला अध्यक्ष – Nepal Press

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी, मिना बनिन् कांग्रेसबाट पहिलो महिला अध्यक्ष

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की विजयी भएकी छिन् । उपाध्यक्षमा पनि कांग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भए ।

अध्यक्षका विजयी मिनाले १२६० मत र उपाध्यक्षमा विजयी शेर्पाले १४११ मत ल्याए ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ र उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याउन सफल भएका छन् ।

अहिलेसम्म गणना सकिएका स्थानीय तहको परिणामअनुसार प्रमुखमा कांग्रेसबाट विजयी हुने मिना एकमात्र महिला उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर