नगरपालिकातर्फ पहिलो परिणाम, महाकालीमा एमालेको मेयर र उपमेयर विजयी – Nepal Press

नगरपालिकातर्फ पहिलो परिणाम, महाकालीमा एमालेको मेयर र उपमेयर विजयी

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर निर्वाचित भएका छन् । उनले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।

भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । तर अहिले नतिजा ठिक उल्टो भएको छ ।

यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर