भरतपुर अपडेट : रेनुको निरन्तर अग्रता – Nepal Press

भरतपुर अपडेट : रेनुको निरन्तर अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ ।

वडा नम्बर १ सहितको परिणाममा मेयरमा माओवादी उम्मेदवार दाहालले २ हजार ६ मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएका छन् । रेनुले विजयभन्दा ५२ बढी मतसहित अग्रता लिएकी हुन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अन्तर बढाएका छन् । अधिकारीले २ हजार २ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ५ सय ७१ मत ल्याएकी छिन् । उनीहरुको मतान्तर ६ सय ३० मतको छ ।

भरतपुरको वडा नम्बर २ को अध्यक्षमा कांग्रेस उम्मेदवारले १९ मतको अग्रता लिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर