कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै थवाङमा माओवादी विजयी – Nepal Press

कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै थवाङमा माओवादी विजयी

रुपन्देही । रोल्पाको थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

विप्लव समूह, कांग्रेस, एमालेको गठबन्धनबाट दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगरलाई उठाएका थिए ।

माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरले २१२२ मत पाउँदा रोकामगरले १५०६ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा माओवादीकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस-एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर