रङ्गेलीको मतगणना १६ घण्टादेखि रोकियो – Nepal Press

रङ्गेलीको मतगणना १६ घण्टादेखि रोकियो

विराटनगर। मोरङको रङ्गेली–७ स्थित जनता क्याम्पसको मतगणना स्थगित भएको छ ।शनिबार राति ८ बजेबाट रोकिएको मतगणना अहिलेसम्म अघि बढन सकेको छैन ।

नेपाली काँग्रेसबाट वडा नं ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादपछि मतगणना स्थगित भएको हो । वडा ८ को मतगणना शुरु गर्ने तयारी भईरहदा मतपेटिका पहिलादेखि नै खुुल्ला रहेको भन्दै वडाध्यक्ष उम्मेदवार दोर्जेले विवाद झिकेका थिए ।

त्यसपछि उनका समर्थकले होहल्ला गदै विवाद झिकेपछि शनिवार ८ बजेदेखि मतगणना रोकिएको थियो । रंगेली निर्वाचन अधिकृत रामहरी काफ्लेले मत गणना गर्ने तयारीका क्रममा वडा नं ८ मा विवाद सृजना भएपछि मतगणना कार्य रोकिन पुगेको बताए ।उनले अहिले ११ बजे दलहरुसहितको सर्बदलिय बैठक बोलाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर