अस्ट्रेलियाका पूर्वअलराउन्डर साइमण्ड्सको दुर्घटनामा परी निधन – Nepal Press

अस्ट्रेलियाका पूर्वअलराउन्डर साइमण्ड्सको दुर्घटनामा परी निधन

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो।

साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकप जित्दाका महत्वपूर्ण सदस्य हुन्। यस वर्षका अस्ट्रेलियाका पूर्वस्पीनर सेन वार्नको पनि मृत्यु भएको थियो, हृदयघातका कारण।

साइमन्डले टेस्ट क्रिकेटमा दुई सतक र १० अर्धशतक तथा २४ विकेट र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सतक र ३० अर्धसतक तथा एक सय ३३ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *