भक्तपुरको चाँगुनारायणमा एमाले एकमतले मात्रै कांग्रेसभन्दा अघि – Nepal Press

भक्तपुरको चाँगुनारायणमा एमाले एकमतले मात्रै कांग्रेसभन्दा अघि

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा कडा टक्कर देखिएको छ । यहाँ नेकपा एमालेकी वीणा बास्तोला नेपाली कांग्रेसका जीवन खत्रीभन्दा एकमतले मात्रै अघि छन् ।

जारी मतगणनाअनुसार वीणाले १०३ मत ल्याउँदा जीवनले १०२ मत पाएका छन् ।

चाँगुनारायण नपा वडा १ नम्बरबाट गरिएको मत गणनाअनुसार एमालेका उपमेयर उम्मेदवार रमेश बुढाथोकी भने कांग्रेसकी शुभद्रा काफ्ले भन्दा धेरै अगाडि छन् । रमेश १२० र शुभद्राले ८८ मत ल्याएका छन् ।

वडा अध्यक्षमा पनि एमाले र कांग्रेसका उम्मेदवारबीच २ मतमात्रै फरक रहेको छ । एमालेले ११४ र कांग्रेसले ११२ मत पाएका छन् ।
एमालेकी मेयर उम्मेदवार वीणा निवर्तमान उपमेयर हुन् र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर