कैलालीकाे कैलारी गाउँपालिकामा राप्रपाकाे अग्रता, गठबन्धनभन्दा कांग्रेस र माओवादीका बागी अगाडि – Nepal Press

कैलालीकाे कैलारी गाउँपालिकामा राप्रपाकाे अग्रता, गठबन्धनभन्दा कांग्रेस र माओवादीका बागी अगाडि

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनले कारबाही गरेको उम्मेदवारले आधिकारिक उम्मेदवारभन्दा बढी मत पाएका छन् ।

तीन दलीय गठबन्धनको आधारमा कैलारी गाउँपालिका अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएका थिए । सोही सहमतिअनुसार कैलारी गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसका भगवती चौधरी उम्मेदवार छन् ।

पार्टीबाटै उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेसका उम्मेदवार रामसमझ चौधरीले अहिले गठबन्धनको भन्दा बढी मत ल्याएका हुन् । तर यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएकाे छ । पाँच सय मत गणना हुँदा राप्रपाले १८२ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवारले १४० मत पाएका छन् । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १०० मत पाएको छ ।

माओवादीका उम्मेदवार रहेका लाजुराम चौधरी अहिलेका गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । २६ गते कैलारी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजुराम चौधरीलाई मत मागेका थिए ।

यहाँ उपाध्यक्षमा पनि राप्रपा अगाडि छ । कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा छन् । कांग्रेस उम्मेदवारले १४६ मत पाएका छन् । माओवादीकी बागी उम्मेदवारले ११५ मत पाएकी छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएकी लक्ष्मी चौधरी सत्गौवा गठबन्धनको बागी उम्मेदवार हुन् । तर, माओवादी अध्यक्ष प्रचण्डले उनलाई पनि मत मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर