मतदान गरेर फर्कदा भिरबाट लड‍ेर २ जनाको मृत्यु – Nepal Press

मतदान गरेर फर्कदा भिरबाट लड‍ेर २ जनाको मृत्यु

काठमाडौं । स्थानीय निर्वाचनको मतदानमा शुक्रबार सहभागी भएर फर्कनेक्रममा दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ।

धनकुटाको पाख्रिवास नगरपालिका६ तीन दोभाने निवासी ५६ वर्षीय गणेश बराल र भोजपुरको टेम्केमैयाङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको मतदान गरेर फर्कँदै गर्दा भिरबाट लडे‍र मृत्यु भएको प्रहरीले जनाएको छ।

फलाटे मावी मतदान केन्द्रमा मत हालेर फर्कँदै गर्दा बराल तीन दोभानेनजिकै सडकबाट खसेका थिए। यस्तै राई सडकबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाई छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *