पहिले एमालेले जितेका दुई वडामा स्थापित तेस्रो स्थानमा – Nepal Press

पहिले एमालेले जितेका दुई वडामा स्थापित तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं महागनरपालिकाको मतगणना जारी छ । पछिल्लो प्राप्त विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह र कांग्रेसकी सिर्जना सिंह अघिपछि छन् ।

अहिले वडा नम्बर १ र ३२ को मतगणना हुँदा एमालेका उम्मेदवार केशव स्थापित भने सुरुवाती चरणमा पछाडि परेका छन् । स्मरणीय छ कि यी दुवै वडा २०७४ सालको चुनावमा एमालेले जितेका थिए ।

७५ भोटको गणना हुँदा बालेनले २२, सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् । मतगणना अत्यन्तै प्रारम्भिक चरणमा रहेको हुँदा यसैका आधारमा हार जितको प्रक्षेपण गर्न भने सकिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर