कर्मचारीको साथमा स्वस्तिक छाप भेटिएपछि इलामको देउमाईमा झडप – Nepal Press

कर्मचारीको साथमा स्वस्तिक छाप भेटिएपछि इलामको देउमाईमा झडप

काठमाडौं । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । मतगणनास्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद बढेको थियो ।

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ ।

आक्रोशित भीडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुन: मतदानको माग गरेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *