कटारीमा युवकको शव अझै उठेन, मत पेटिका खोस्न थालेपछि गोली हानिएको प्रहरीको दाबी – Nepal Press

कटारीमा युवकको शव अझै उठेन, मत पेटिका खोस्न थालेपछि गोली हानिएको प्रहरीको दाबी

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० सोरङ छबिसेमा प्रहरीको गोली लागेर मारिएका १९ वर्षीय नविन कटुवालको शव अझै उठ्न सकेको छैन।

मृतकका आफन्तले शव उठाउन नमानेका हुन् । त्यस क्षेत्रमा अहिले प्रदर्शन भइरहेको छ। मारिएका कटुवाल वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गौरव कटुवालका भतिजा हुन्।

स्थानीय जनता कालिका माविमा मतदान सकिएपछि मतपेटिका संकलन गरेर लैजान लाग्दा ५०/६० जनाको समूहले खोस्न खोजेपछि गोली प्रहार गर्नुपर्ने अवस्था आएको प्रदेश १ प्रहरी प्रवक्ता नविनराज राईले बताए।

उनका अनुसार प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको थियो । गोली लागेर १४ वर्षीय बालक पनि घाइते भएका छन् । यसैबीच यतिबेला जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुखसहितको सर्वदलीय बैठक बसिरहेको छ। प्रहरीले मृतक कटुवाललाई दुई गोली लागेको हुन सक्ने अनुमान गरेको छ।

‘पोष्टमार्टमबाटै थाहा होला। तर अहिले २ गोली लागेको भन्ने कुरा छु, राईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर