पाल्पाकाे माथागढी गाउँपालिका ८ मा कांग्रेसकाे प्यानल नै विजयी – Nepal Press

पाल्पाकाे माथागढी गाउँपालिका ८ मा कांग्रेसकाे प्यानल नै विजयी

रूपन्देही । पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्म माथागढी वडा नंं ८ को मत परिणाम सार्वजनिक भएको छ ।

माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा वडा अध्यक्ष दिलबहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन् । विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा माया विक र खुला सदस्यमा तिलबहादुर ढेंगा तथा मनिसरा ढेगा रहेका छन् ।

विजेता वडाअध्यक्ष ढेंगाले ४१० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणसिंह थापाले ३०६ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर