काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम – Nepal Press

काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।


प्रतिक्रिया

2 thoughts on “काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम

  1. There’s no doubt Balen will lead the count and he’ll be the winner of Kathmandu Metropolitan Mayor.

Leave a Reply to Umesh Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर