गठबन्धनले हिंसा मच्चाएको एमालेको आरोप, कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण – Nepal Press

गठबन्धनले हिंसा मच्चाएको एमालेको आरोप, कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लामा सत्ता गठबन्धनले स्वतन्त्र निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार साँझ प्रेस वक्तव्य जारी गर्दै निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन एमालेले भूमिका खेलेको भन्दै सत्ता गठबन्धनले हिंसा भड्काउने काम गरेको बताएका छन् ।

अध्यक्ष ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरेर उजुरी गरिएको जनाएका छन् ।

त्यस्ता स्थानमा पुनः निर्वाचन गराउन अध्यक्ष ओलीले निर्वाचन आयोगको ध्यानकर्षण गराएका छन् ।

ओलीले निष्पक्ष निर्वाचनको लागि भूमिका खेल्ने निर्वाचन आयोग र राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर