मत पत्र च्यातेको आरोपमा झापा र काठमाडौंमा दुई जना पक्राउ – Nepal Press

मत पत्र च्यातेको आरोपमा झापा र काठमाडौंमा दुई जना पक्राउ

काठमाडौं । मतदान गर्ने क्रममा मतपत्र च्यातेपछि प्रहरीले झापा र काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ स्थित मतदान केन्द्रमा मतपत्र बक्समा हाल्ने क्रममा च्यातेर फ्याँक्न खोजेपछि प्रहरीले ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

यस्तै झापाको गौरादह नगरपालिकाको दुधालीस्थित मतदान केन्द्रमा पनि मतपत्र च्यातेको आरोपमा एक जना पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर