कटारीमा प्रहरीको गोली लागेर एक जनाको अवस्था ‘चिन्ताजनक’ – Nepal Press

कटारीमा प्रहरीको गोली लागेर एक जनाको अवस्था ‘चिन्ताजनक’

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० स्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय २० वर्षीय प्रबिन कटुवालको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रदेश-१ प्रहरी प्रवक्ता नविनराज राईले घाइते भएको भन्नेबारे खबर आएको बताए । ‘मतपेटिका प्याक गर्ने क्रममा स्थानीयले ढुंगा हानेपछि प्रहरीले गोली चलाएको रहेछ’, राईले भने ।

घाइते हुने कटुवाल वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गौरव कटुवालका भतिज हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर