रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुटियो – Nepal Press

रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुटियो

काठमाडौं । रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी गर्ने काम भएको छ ।

मतदानको समय सकिए पछि जिल्लाका विभिन्न स्थानमा मतपेटिका लुट्ने र आगजनी गर्ने कार्य भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्लाको बोधीमाई नगरपालिका वडा नं. २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ ।

सो घटनामा एक जना प्रहरी पनि घाइते भएको जनाकारी आए पनि उसको अवस्था बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी नभएको प्रहरीको भनाई छ ।

जिल्लामा धेरै मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी भई रहेकाले सुरक्षा निकाय व्यस्त रहेका कारण सबै स्थानको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

यता यमुनामाई गाउँपालिकाको वडा नं. १ बाट मतपेटिका लुटी बाहिर निकाली तोडफोड गरिएको मतदान अधिकृत हरि प्रसाद शर्माले जनाकारी दिए ।

वडा नं.१ को केसरिया मतदान केन्द्रका तीन वटै मतदान स्थलको मतदान रद्द गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुटियो

  1. खै देशको सुरक्षा निकाय?? अनि किन यातो भयो कारण जान्न जरुरी छ, जनता के चाहान्छन?? जन आवाज के छ खै स्थानिय जनप्रतिनिधिले बुझेको र सुरक्षा गर्न नसकेको?? धिकार छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर