भोट हाल्न गएका माधव नेपालविरुद्ध आपत्तिजनक नाराबाजी (भिडिओ) – Nepal Press

भोट हाल्न गएका माधव नेपालविरुद्ध आपत्तिजनक नाराबाजी (भिडिओ)

काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।

स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो ।

मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको र कम्पाउण्डभित्रबाट नेपालले नियालिरहेकाे देखिन्छ ।

रौतहट प्रहरीले नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको पुष्टि गरेको छ । नेपाल मतदान गर्न आउँदा अन्य राजनीतिक दलका कार्यकर्ताले नाराबाजी गरेका भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सो मतदान केन्द्रमा अहिले सहज रुपमा मतदान भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर