भोट हालेपछि ओलीको खुलासा- ९ गते देउवाले मसँग चुनाव रोक्ने प्रस्ताव गर्नुभएको थियो (भिडिओ) – Nepal Press

भोट हालेपछि ओलीको खुलासा- ९ गते देउवाले मसँग चुनाव रोक्ने प्रस्ताव गर्नुभएको थियो (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई केही दिनअघि मात्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने औपचारिक प्रस्ताव गरेको खुलासा गरेका छन् ।

आज मतदान केन्द्र पुगेर भोट खसाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

ओलीका अनुसार गत ९ गते स्थानीय चुनाव पर सार्न देउवाले गरेको प्रस्ताव उनले अस्वीकार गरेका थिए ।

‘उहाँले औपचारिक प्रस्ताव गर्नुभएको थियो । तर, मैले देशलाई द्वन्द्वमा लैजानु हुँदैन, तपाईं अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर राम्रैसँग खबर पठाइदिएँ,’ ओलीले भने । उनले याे कुरा आफूले आज पहिलाेपटक सार्वजनिक गरेकाे पनि जानकारी दिए ।

गठवन्धनले चुनाव सार्नका लागि धेरै बहाना खोजे पनि सफल नभएको ओलीले बताए ।

‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर