ज्यामिरेको मतदान केन्द्रमा सेनाले हतियार उठाएको घटना के हो ? – Nepal Press

ज्यामिरेको मतदान केन्द्रमा सेनाले हतियार उठाएको घटना के हो ?

काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ ज्यामिरेस्थित गोल्माथान मतदान केन्द्रमा स्थिति तनावग्रस्तपछि आफूले उपस्थिति जनाएको बताएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्थितिलाई नियन्त्रणमा लिन सेनालाई बोलाएपछि त्यहाँ पुगेको बताएका छन् ।

‘हामीलाई बोलाइएपछि सेना त्यहाँ पुगेको हो । हाम्रो उपस्थितिमा स्थिति नियन्त्रणमा आएको छ । अहिले मतदान सुचारु भएको छ’, उनले भने।

यता सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर यादवले ज्यामिरेमा स्थिति सामान्य रहेको भन्दै सेनाले हतियार बोक्ने क्रममा उठेको अवस्थामा तस्बिर खिचिएको हुने सक्ने दाबी गरे।

‘त्यहाँ स्थिति सुरुवातदेखि नै सामान्य थियो। कसैले सेनाले पेट्रोलिङ गरिरहेका बेला तस्बिर लियो होला । तर सेना आउनुपर्ने कुनै अवस्था त्यहाँ छैन’, उनले भने ।

एसपी यादवले त्यसो भने पनि मतदान स्थलभित्रै सेना रहेको तस्बिरमा देख्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर