प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान (भिडिओ)

२०७९ वैशाख ३० गते ७:५५

भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिरः नवीन पौडेल/रासस
भादगाउँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् ।
उनले बिहान ७ बजे उक्त मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए ।
उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर