एमाले उम्मेदवारमाथि भएको आक्रमण विरुद्ध प्रदेश कमिटीको ध्यानाकर्षण – Nepal Press

एमाले उम्मेदवारमाथि भएको आक्रमण विरुद्ध प्रदेश कमिटीको ध्यानाकर्षण

कैलाली । मौन अवधिमा नेकपा एमालेका उम्मेदावारमाथि भएको आक्रमणप्रति सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण जनाएको छ ।

बुधवार राती जिल्लाको गोदावरी नगरपालिका वडा नं ६ का अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीमाथि नेपाली कांग्रेसको समूहले गरेको आक्रमण कानुनी मर्यादा विपरीत भएको भन्दै घटनाको घोर भर्त्सना गरेको हो ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मदिरा सेवन गरी ज्यान मार्ने उद्देश्यका साथमा हातहतियार सहित गरेको सांघातिक आक्रमणले निर्वाचनको मुखमा सुरक्षा व्यवस्थामा थप चुनौती थपेको जनाएको छ ।

‘निर्वाचन आयोगले तोकेको मौन अवधिमा ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमण तथा महिला माथि हातपात गर्ने जस्ता आपराधिक क्रियाकलापको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ’ प्रदेश सचिव धर्मराज पाठकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उक्त आपराधिक कार्यमा संलग्न भएकाहरू सबैलाई तत्काल कानुनी दायरामा लिई आवश्यक प्रक्रिया अगाडी बढाउन प्रहरी प्रशासन समक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर