नेप्सेमा दोहोरो अंकको गिरावट, तर कारोबार रकममा वृद्धि – Nepal Press

नेप्सेमा दोहोरो अंकको गिरावट, तर कारोबार रकममा वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हो । बुधवार नेप्से ५६ अंकले बढेको थियो ।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा बुधवार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

आइतबारदेखि बुधवारसम्म एक सय ३० ले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो ।

बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ ।

सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी व्यहोरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *