मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडा अध्यक्ष काफ्ले पक्राउ – Nepal Press

मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडा अध्यक्ष काफ्ले पक्राउ

काठमाडौं । मतदाता परिचयपत्र खोसी फरार रहेका दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर एकका वडा निवर्तमान वडा अध्यक्ष महेश्वर काफ्ले पक्राउ परेका छन् । सोही ठाउँको कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट काफ्लेले एक सय २५ थान मतदाता परिचय पत्र खोसेर फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाइसकेको जनाइएको छ । काफ्लेलाई दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन कसुरअन्तर्गत कारवाही चलाउने विषयमा आवश्यक प्रक्रिया अघि बढिसकेको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर