रामेछापमा वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण, ट्रमा सेन्टरमा उपचार हुँदै – Nepal Press

रामेछापमा वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण, ट्रमा सेन्टरमा उपचार हुँदै

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ३ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका यमबहादुर कार्की माथि हातपात भएको छ । गए राती १ बजे घरमै बसेका कार्की माथि हातपात भएको हो ।

बसीरहेको अवस्थामा आक्रमण हुँदा कार्की सहित चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा वडा अध्यक्षका उम्मेदवार सहित रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल रहेका छन् ।

अन्य तीनजनाको अवस्था सामान्य रहेपनि कार्कीको भने टाउकोमा रगत जमेका कारण गाउँपालिकाको अस्पतालमा उपचार संभव नभए पछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी र्कालय रामेछापले जनाएको छ ।

घटनाको जानकारी पाए लगतै निर्वाचनमा खटिएका प्रहरी टोली पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर