कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि पाैडेलले दिए पार्टीबाट राजीनामा – Nepal Press

कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि पाैडेलले दिए पार्टीबाट राजीनामा

रुपन्देही । नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ निवासी पौडेलले पार्टीभित्रका निष्ठावान् कार्यकर्तालाई अवसर नदिएर अवमूल्यन गरेकाले पार्टीमा बस्न आवश्यक नरहेको जनाएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पौडेलले आफू संसदीय बोर्डमा भएको मान्छेले गरेको निर्णय उल्टाएर उम्मेदवार सिफारिस गरेकाले पार्टीमा बस्न मनैबाट इच्छा नलागेको बताएका छन् ।

२०३७ सालदेखि निरन्तर पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल निष्ठावान् कार्यकर्ताको रूपमा चिनिन्छन् ।

पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, २ पटक महाधिवेशन प्रतिनिधि भएका उनी राजीनामापछि स्वतन्त्र रहने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर