मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने – Nepal Press

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए ।


प्रतिक्रिया

3 thoughts on “मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

  1. Yes , this is good creative think, if you have citizenship card it mean you are members are f our nation ,so the people should have right to vote also.
    I am agree you your opnion nd with you.

Leave a Reply to Lavkush kurmi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर