धनकुटाबाट सुनिल थापाको अपिल- अधिनायकवादी एमालेविरुद्ध गठबन्धनलाई मत दिनुस् – Nepal Press

धनकुटाबाट सुनिल थापाको अपिल- अधिनायकवादी एमालेविरुद्ध गठबन्धनलाई मत दिनुस्

धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् ।

राप्रपाबाट नेपाली कांग्रेसको राजनीतिमा सिफ्ट भएका थापाले धनकुटाको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि धनकुटाका सबै स्थानीय तहमा क्लिन स्वीप गरेको एमालेलाई परास्त गर्न थापाले पाँच दलीय गठबन्धनको नेतृत्व गरेका छन् ।

थापाले अपिल जारी गर्दै एमालेको अधिनायकवाद र गणतन्त्र तथा संविधानविरोधी षड्यन्त्रलाई परास्त गर्न गठबन्धनलाई बिजयी गराउन आग्रह गरेका छन् ।

थापाले भनेका छन्– जनमतको अपमान गरी मुलुकलाई सकटतर्फ धकेल्ने नेकपा एमाले प्रवृत्तिलाई यो निर्वाचनबाट परास्त गर्नैपर्ने छ । यसर्थ, धनकुटाका सबै स्थानीय तहमा नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुहुन हार्दिक अनुरोध गर्दछु ।

थापाले छिन्ताङ काण्डका शहीदको परिवारको भावना माथि एमालेले सँधै खेलबाट गरेर राजनीति गरेको आरोप लगाएका छन् । ४३ वर्ष देखि एमालेले सहिद परिवारको भावनामाथि खेलबाड गर्दै आएको उनको आरोप छ ।

थापाले छिन्ताङ काण्डका सहिद परिवारलाई उचित व्यवस्थापन आफूले गर्ने आश्वासन दिएका छन् ।


प्रतिक्रिया

One thought on “धनकुटाबाट सुनिल थापाको अपिल- अधिनायकवादी एमालेविरुद्ध गठबन्धनलाई मत दिनुस्

  1. तपाईंले बाउको विडो थाम्न खोज्नु भएको होला असम्भव छ सातै पालिका एमालेले जित्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर