कोका-कोलाले मनायो १३६औं वार्षिकोत्सव – Nepal Press

कोका-कोलाले मनायो १३६औं वार्षिकोत्सव

काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औं वार्षिकोत्सव मनाएको छ ।

यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा। जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।

कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो । जुन १७५ मिलिको आरजिबि बोतलमा २५ रुपैयाँमा उपलब्ध रहेको थियो ।

विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर