लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा – Nepal Press

लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा

काठमाडौं । गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ ।

लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर ÷ कार्यालयमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यही अनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ ।

लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर