कर्ण मल्लको दाबी- ५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ ल्याइएको छ, देउवाले बाँड्दैछन् (भिडिओ) – Nepal Press

कर्ण मल्लको दाबी- ५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ ल्याइएको छ, देउवाले बाँड्दैछन् (भिडिओ)

डडेल्धुरा । नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका प्रदेश सांसद कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबाी गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् । देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरे ।

मल्लले भने– धनगढीबाट वाग्मती प्रदेशको ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको छ । जीप कम्पनीको जीप हो । शेरबहादुर देउवाजीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि, डडेलधुराका मतदातालाई खरिद गर्न करोडौं लिएर आउनुभएको छ । त्यो पैसा विद्युत–सडकका कुनै कर्मचारीको घरमा राखिएको छ । अब हरेक जनताले प्रश्न गर्नुहोला, रुखका उम्मेदवार साथीले पनि यहाँ मेरो हिस्सामा आएको पैसा कति पर्छ भनेर । हिस्सा लिनुस् र चोक–चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक–चोकमा सार्वजनिक गर्नुस् ।

मल्लले करुवा चिह्नबाट आफूनिकट उम्मेदवार उठाएका छन् । यहाँ मल्ल समूह र नेकपा एमालेबीच गठबन्धन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर