गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते – Nepal Press

गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका– १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।

आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।

‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेतमा खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

कुटपिटबाट घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने ।

आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रमस्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर