कर्ण मल्लप्रति देउवाको आक्रोश : म पछिको नेता बनाउँला भनेको मान्छे ओलीको चाकडी गर्न पुग्यो – Nepal Press

कर्ण मल्लप्रति देउवाको आक्रोश : म पछिको नेता बनाउँला भनेको मान्छे ओलीको चाकडी गर्न पुग्यो

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जन्मथलो डडेलधुराको गन्यापधुरा पुगेर कांग्रेसबाट भर्खरै निष्कासनमा परेका नेता कर्णबहादुर मल्लप्रति आक्रोश व्यक्त गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न गन्यापधुरा पुगेका देउवाले आफूपछि नेता बनाउँला भनेको व्यक्ति ओलीको चाकडी गर्न पुगेकोमा आफूलाई लाज लागेको टिप्पणी गरे । उनले कर्ण मल्ल कतैबाट परिचालित भएको आरोपसमेत लगाए ।

देउवाले भने– कांग्रेसको नेता बनाएको मान्छे अहिले विपी कांग्रेस भनेर हिँडेको छ । यिनीहरु कहाँबाट परिचालित छन, यस्ताका बारेमा भन्न पनि लाज लागेको छ । भोलिका दिनमा आफूपछिको नेता बनाउँला भनेको मान्छे त ओलीको चाकडी गर्न थालेछ । तर जनता निराश हुनुपर्दैन यहाँको विकास मैले गरेर छाड्छु ।

दुईपटक डडेलधुरा कांग्रेसको सभापति भएका प्रभावशाली नेता तथा प्रदेश सांसद कर्णबहादुर मल्ल अहिले डडेलधुराका सबै स्थानीय तहमा एमालेसँग तालमेल गरेर कांग्रेसविरुद्ध चुनावी मैदानमा छन् ।

गन्यापधुरामै पनि एमालेले मल्ल समूहलाई अध्यक्ष दिएर उपाध्यक्ष लिई गठबन्धन गरेको छ । मल्ल समूहले कांग्रेसलाई अप्ठेरो पारेपछि देउवा आफैं गृहजिल्लाको चुनावी अभियानमा सहभागी हुन आएका हुन् ।


प्रतिक्रिया

One thought on “कर्ण मल्लप्रति देउवाको आक्रोश : म पछिको नेता बनाउँला भनेको मान्छे ओलीको चाकडी गर्न पुग्यो

  1. तिमीभन्दा ठूलाेनेताबन्छन कर्ण र उनी आफै बन्छन् । तिमीले बनाउनु पर्दैन । तिमीले त आफ्नैलाई बनाउछाै । तिमीले प्रचण्डकाे चाकडी गर्न हुने मल्लजिले ओलिकाे गर्न नहुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर