भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालसँग एक दिन (भिडिओ) – Nepal Press
के छ माहोल ? सिरिज-६

भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालसँग एक दिन (भिडिओ)

भरतपुर । नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा दोहोरिनका लागि चुनावी प्रतिस्पर्धामा छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरमा प्रमुखको उम्मेदवार रहेकी रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत हुन् ।

सबैभन्दा बढी चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनलाई आफ्नो पक्षमा पार्न रेनुले निरन्तर घरदैलो अभियान गरिरहेकी छिन् । केही दिनअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले भरतपुरमा चुनावी सभा गरेरै रेनुको पक्षमा मत मागिसकेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा पछि कांग्रेससँग गठबन्धन गरेर निर्वाचित भएकी रेनुलाई यसपटक विरासत जोगाउनुपर्ने चुनौती छ । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रेनुविरुद्ध एमाले उम्मेदवारका रुपमा विजय सुवेदी मैदानमा छन् । रेनुलाई गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको उम्मेदवारीले केही हदसम्म समस्या पार्ने देखिन्छ ।

चितवनमा माओवादी केन्द्र र गठबन्धनकै प्रतिष्ठा बनेको रेनुको प्रतिस्पर्धाको रौनक कस्तो छ त ? नेपाल प्रेसको नियमित श्रृंखला ‘के छ माहोल ?’ मा भरतपुर महानगरमा रेनुको चुनावी व्यस्ततालाई प्रस्तुत गरेका छौं-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर