मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश – Nepal Press

मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम एकता समाज काठमाडौंको सिंगो समिति एमालेमा प्रवेश गरेको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजसम्वद्ध सबै सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष कमालले एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरु एमाले समाहित भएको बताए ।

समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य जनजाति संस्थामा आवद्ध रहेका क्रियाशील अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेविरुद्ध अहिले निर्माण भएको गठबन्धनलाई आगामी वैशाख ३० गते हुने निर्वाचनमार्फत जवाफ दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर