देउवाको धम्की- मेरो पार्टीमा गठबन्धन विरोधी कुरा सह्य हुनेछैन (भिडिओ) – Nepal Press

देउवाको धम्की- मेरो पार्टीमा गठबन्धन विरोधी कुरा सह्य हुनेछैन (भिडिओ)

‘आमाबाबुले नागरिकता पाएका छोराछोरी नागरिकता पाउँछन्, पाउँछन्’

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टिकाउनु आफ्नो कर्तव्य रहेको बताएका छन् ।

पाँचदलले मिलेर आफूलाई प्रधानमन्त्री बनाएका कारण गठबन्धन टिकाउनु आफ्नो सबैभन्दा ठूलो कर्तव्य रहेको उनले बताए ।

‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो । उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो,’ जनकपुरमा भएको गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,‘मेरो पार्टीबाट कुनैपनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन । त्यो सैह्य हुने छैन् ।’

गठबन्धनको खिलाफमा बोल्नेसम्मलाई कारबाही गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

मधेसमा नागरिकता सम्बन्धी ठूलो समस्या रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

उनले भने, ‘आमाबाबूले नागरिकता पाइसके छोराछोरीले पाछैनन् । कस्तो बिडम्बना !’ जसका आमाबाबूले नागरिकता पाछन् तीनका छोराछोरीले नागरिकता पाउने व्यवस्था गर्न आफू लागि परेको उनले बताए ।

‘हामी जसरी पनि नागरिकता दिलाएरै छाड्छौ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर