एमसीसीले सबैभन्दा बढी फाइदा बुटवल, भैरहवा र दाङवासीलाई हुँदैछः प्रधानमन्त्री देउवा – Nepal Press

एमसीसीले सबैभन्दा बढी फाइदा बुटवल, भैरहवा र दाङवासीलाई हुँदैछः प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताएका छन् ।

शनिबार बुटवलमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ’, उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवामात्रै होइन उता दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुुनेवाला छ ।’

एमसीसीलाई विरोधीहरूले अनावश्यक रूपमा विवादित बनाएको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘एमसीसीलाई कस्तो विवादित बनाए । अब काम गरेर देखाउने छाैं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर