एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ) – Nepal Press

एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।

‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।


प्रतिक्रिया

One thought on “एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

  1. नेपालका राजनैतिक दलले एकले अर्कोलाई दुश्मन देख्नु अमानवीय र अराजनैतिक चरित्र हो। प्रतिस्पर्धी णन्न सुहाँउछ तर दुश्मन शव्द एक्काइसौं शताब्दीको मानिसलाई सुहाउँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर