गभर्नरले भने- कर्जाकाे ब्याजदर फेरि बढ्न सक्छ – Nepal Press

गभर्नरले भने- कर्जाकाे ब्याजदर फेरि बढ्न सक्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकमा कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (आईक्यान)ले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनको दोस्रो दिनको कार्यक्रममा गभर्नर अधिकारीले   बैंकिङ ब्याजदर वृद्धि हुने बताएका हुन् ।

अहिलेको परिस्थितिले नै ब्याजदर अहिलेको भन्दा माथि जानु पर्ने अवस्था आएको उनले बताएका छन् । उनले भने, ‘अहिलेको परिस्थितिले ब्याजदर वृद्धि गर्नु पर्ने अवस्था आएको छ । बैंकको ब्याज वृद्धि हुँदा अन्य क्षेत्रमा पनि प्रभाव पर्छ, त्यसको लागि निजी क्षेत्र तयार रहनुपर्ने अवस्था आएको छ ।’

आयातमा प्रतिबन्ध र एलसीमा नगद मार्जिन व्यवस्था तत्कालका लागि मात्रै रहेको उनले बताए । अन्य देशले समेत मूल्य वृद्धि रोक्नका लागि नीतिगत ब्याज बढाउन सुरु गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर