जापान जाने तयारीमा रहेकी युवतीले गरिन् आत्महत्या – Nepal Press

जापान जाने तयारीमा रहेकी युवतीले गरिन् आत्महत्या

रूपन्देही । शुक्रबार जापान जाने तयारीमा रहेकी रुपन्देहीकी एक युवतीले आज रहस्यमय तरिकाले आत्महत्या गरेकी छन् ।

कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले जनाए ।

शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *