प्रदेश १ का स्पाइन सर्जनहरु संगठितः प्रा. डा. पशुपति चौधरीको अध्यक्षतामा समिति गठन – Nepal Press

प्रदेश १ का स्पाइन सर्जनहरु संगठितः प्रा. डा. पशुपति चौधरीको अध्यक्षतामा समिति गठन

इटहरी । प्रदेश १ मा रहेका स्पाइन सर्जनहरु संगठित भएका छन् । मंगलबार प्रदेश १ का स्पाइन सर्जनहरुको नयाँ समिति बनेको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर पशुपति चौधरीकाे अध्यक्षतामा एघार सदस्यीय समिति गठन गरिएकाे हाे । जसमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः डाक्टर प्रकाश सिटौला, डाक्टर प्रेम शाही, डाक्टर सुभाष झा र डाक्टर सुदीप अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा डाक्टरहरु यज्ञ खरेल, मनोजकुमार शाह, कुमुद लिम्बू, नवीन सिंह, प्रमोद बराल र अनुप पोखरेल छन् ।

झापाको दमकमा गत शुक्रबार भएको स्पाइन सर्जनहरुको भेलाबाट संस्था खोल्ने मोटामोटी खाका बनेको अध्यक्ष प्रा. डा. चौधरीले बताए । करिब २०० स्पाइन सर्जनहरु भेला भएर प्रदेशस्तरीय समिति बनाउने सहमति भएको थियो । स्पाइन सर्जनहरुको राष्ट्रिय संस्था एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल यस अगाडि नै सक्रिय छ । देश संघीयतामा गएपछि प्रदेशहरुमा समेत गठनको आवश्यकता भएकाले गठन गरिएको चौधरीले बताए ।

‘स्पाइन सर्जनहरुको प्रदेशस्तरीय समितिले प्रदेश १ का सबै स्पाइन सर्जनहरुलाई जोडेर अध्ययन तथा अनुभव आदानप्रदान गर्ने वातावरण बनाउनेछ’, अध्यक्ष प्रा.डा. चौधरीले नेपालप्रेसलाई भने ।

समितिमा झापा, मोरङ र सुनसरीका सबै अस्पतालका सर्जनहरुलाई समेटिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर