‘भेटायो’ बाट आवश्यक १२ वटा सेवा लिन सकिन्छ : रोचनमान महर्जन (कुराकानी) – Nepal Press

‘भेटायो’ बाट आवश्यक १२ वटा सेवा लिन सकिन्छ : रोचनमान महर्जन (कुराकानी)

काठमाडौं । प्रविधिले सबै कामलाई सजिलो बनाउँदै गएको छ । प्रविधिको प्रयोगले हर कुराहरुलाई सहज र सरल बनाएको छ । प्रविधिसँग जोडिएर सबै प्रकारका सेवा घरबाटै लिन सकिन्छ । आफ्नो धेरै कामहरु अब ‘भेटायो’ एप प्रयोग गरेर नै गर्न सकिने भएको छ ।

‘भेटायो’ एप भनेको के हो, यसबाट के के सेवा लिन सकिन्छ, सेवाग्राहीहरु कसरी जोडिने, अन्य सेवा लिने एपभन्दा ‘भेटायो’ मा के फरक छ भनेर ‘भेटायो’ का सह–संस्थापक रोचनमान महर्जनअंशु शाक्यसँग नेपालप्रेसकर्मी राजाराम न्यौपानेले गरेको कुराकानी नेपाल टकमा ।

– ‘भेटायो’ भनेको के हो ? सर्वसाधारणले कसरी बुझ्ने ?

हराएको कुरा र नपाएको कुरा पाउनु नै ‘भेटायो’ हो । कुनै पनि कुरा नभेटाएकाहरुका लागि नै ‘भेटायो’ हो । यो ‘भेटायो’ ले विभिन्न मानिसको जीवनमा चाहिने कामहरु गराउने ठाउँ अर्थात् भेटाउने ठाउँ नै ‘भेटायो’ हो । कुनै कामको समस्या छ र त्यो समस्याको समाधान भेटिएको छ्रैन भने ‘भेटायो’ मा भेटिने छ ।

– ‘भेटायो’ मा के के सेवा लिन सकिन्छ अर्थात के के भेटिन्छन् ?

हामीले घरको सेवालाई विशेष ध्यान दिएका छौं । ‘भेटायो’ बाट घरका विभिन्न सेवाहरु लिन सकिन्छ । घरमा गएर घर सरसफाइ, गाडी सफा गरिदिने, व्यट्रिसीयनको कामको काम ‘भेटायो’ ले गर्ने छ । कुनै सेवा लिन गाहो वा पाइएन भने ‘भेटायो’ बाट लिन सकिन्छ ।

– ‘भेटायो’ मा सर्भिस चार्ज कति लाग्छ ?

‘भेटायो’ मा सर्भिस चार्ज अन्यभन्दा सस्तो नै हुन्छ । मान्छे ल्याएर काम गर्न लगाउनेभन्दा ‘भेटायो’ प्रयोग गर्दा नै सस्तो पर्छ । ‘भेटायो’ मा नै पनि कुन सेवा लिएको कति चार्ज लाग्छ भनेर राखेका छौं । त्यहाँ सहजै हेर्ने सकिन्छ ।

– ‘भेटायो’ मा सर्भिस लिँदा पुनः समस्या आयो भने तपाईंहरुले के गर्नु हुन्छ ?

‘भेटायो’ ले दिएको सेवामा ३० दिन वारेन्टी नै दिने गरेको छ । हामीले गर्ने सबै काममा दक्ष कर्मचारी नै राखेका छौं । त्यसैले काम बिग्रिने सम्भावना हुँदैन ।

‘भेटायो’ को प्रोभाइडरले सेवा दिँदा केही समस्या भयो भने ३० दिनभित्र पुनः विनाशुल्कमा नै सेवा दिन्छौं ।

– ‘भेटायो’ मा सेवा दिने प्रोभाइडर कसरी राखिन्छ ?

हामीले प्रोभाइडर ल्याउँदा उनीहरुले कति समय त्यो विषयमा काम गरेको छ, दक्ष हुन् कि हैनन् र काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेरेका छौं ।

– ‘भेटायो’ले कति वटा सेवा दिन्छ ? ती कुन कुन हुन् ?

हामीले १२ वटा सेवा प्रवाह गरिरहेका छौं । हामीले क्लिनर, व्युटिसियन, प्लम्बर, लन्ड्री सेवा, वेस्ट कन्ट्रोल, इलेक्ट्रोनिक र यातायात क्लिनलगायतका सेवा दिइरहेका छौं ।

– तपाईंहरुको सबैभन्दा धेरै कुन सेवामा आकर्षण छ ?

हाम्रो सबै सेवाहरु नै ग्राहकले रुचाउनु भएको छ । त्यसमध्ये लन्ड्री, प्लम्बिङ, क्लिनिलिङ र वेस्ट कन्ट्रोलमा धेरै नै आकर्षण छ ।

– ‘भेटायो’ मा काम गर्ने श्रमिकले कति पैसा कमाउँछन् ?

‘भेटायो’ मा जोडिएका श्रमिकले कति समय दिन्छन्, त्यहीअनुसार नै पैसा कमाउँछन् । तलब नै भन्ने हुँदैन । उनले गरेको कामअनुसार नै पैसा कमाउँछन् । प्लम्बरले ५०० देखि ३० हजार रुपैयाँसम्म एउटै कामबाट कमाएका छन् ।

सेवा लिने सेवाग्राहीहरुले पनि हामीले राखेको शुल्क घटाउन सक्ने व्यवस्था गरेका छौं ।

– ‘भेटायो’ बाट सेवा लिँदा लाग्ने सामान कसले व्यवस्थापन गर्ने हो ?

‘भेटायो’ बाट काम गर्न गएका व्यक्तिले नै पनि सामान लगेर मर्मत वा काम गर्न सक्छन् । सेवा लिने व्यक्तिले आफै सामान ल्याउँदा पनि हुन्छ ।

– ‘भेटायो’ बाट कसरी सेवा लिने ?

सबैभन्दा पहिले ‘भेटायो’ एप डाउनलोड गर्ने । त्यसपछि आफूले लिन चाहेको सेवा कुन हो भनेर छान्ने । लिनुपर्ने सेवाको बारेमा थाहा भएन भने ‘भेटायो’ एपमा ‘भेटायो’ असिस्टेन भन्ने अप्सन हुन्छ, त्यहाँ थिचेपछि ‘भेटायो’ बाट नै कल आउँछ । ‘भेटायो’ ले बुझेपछि समस्याको समाधान हुन्छ ।

– ‘भेटायो’ सुरु भएको कति भयो ? लक्ष्यअनुसार सफल भइरहेको छ ?

सेवा लिने समय आफैले रोज्न पाउने व्यवस्था ‘भेटायो’ मा रहेको छ ।
हामी लक्ष्यभन्दा पनि अगाडि पुगेका छौं । हामो सेवाबाट ग्राहक खुसी हुनुहुन्छ । हामीले ६ महिनामा लिएको लक्ष्यभन्दा धेरै सेवा दिइसकेका छौं ।

– अहिले सेवा कुन कुन ठाउँमा दिइरहनु भएको छ ? देशैभर नै सेवा दिने लक्ष्य छ ?

अहिले ‘भेटायो’ ले काठमाडौंमा मात्रै सेवा दिइरहेको छ । हाम्रो लक्ष्य देशभर नै पु¥याउने रहेको छ । आगामी वर्ष देशभर नै सेवा विस्तार गर्ने योजना बनाएका छौं ।

– प्रविधिको प्रयोग गरेर सेवा लिन मान्छे तयार छन् ? प्रविधिबाट सेवा दिन कतिको चुनौतीपूर्ण छ ?

लकडाउनपछि मान्छे अनलाइनबाट नै सेवा लिइरहेका छन् । युवाहरुको आकर्षण भनेकै अहिले अनलाइन सेवा हो । हाम्रो सेवा सजिलै लिन सकिन्छ । हामीले ‘भेटायो’ सरल र सहज बनाएका छौं ।

– अहिले दिइरहेको १२ सेवामा थप गर्ने योजना छ ?

हामीले दिइरहेको १२ सेवामा थप गर्ने ‘भेटायो’ को योजना छ । तर अहिले नै कुन कुन सेवा थप गर्ने हो भन्ने कुरा नखोलौं ।

– ‘भेटायो’ मा श्रमिक र सेवा लिने मान्छे कति छन् ?

श्रमिकहरु ३ सयभन्दा धेरै छन् । सेवाग्राहीहरु दुई हजारभन्दा धेरै पुगेका छन् । हाम्रो सेवा मन पराएर जोडिनेहरु वृद्धि हुँदै गएका छन् ।

– ‘भेटायो’ कसरी जन्मिएको एप हो ?

हामीलाई कुनै सेवा चाहियो भने पसलमै जानु पर्ने र समयमा नआइदिने समस्या छ । ती समस्याहरु समाधान गर्ने गरी एकै ठाउँबाट सेवा लिन सकियोस् भनेर ल्याएका हौं ।

– ‘भेटायो’ बाट काम गराउन चाहेमा कति समय लाग्छ ? पैसा पहिले नै तिर्नुपर्छ ?

पहिले के के बनाउनुपर्ने हो भनेर ‘भेटायो’ एपले हेर्छ । अनि सेवाग्राहीको सल्लाहअनुसार नै काम सुरु हुन्छ । ‘भेटायो’मा पहिले नै पैसा तिर्नु पर्दैन ।

– ‘भेटायो’ एपबाट नै सेवा लिनुपर्ने के विशेषता रहेको छ ?

हामीले धेरै सेवाहरु ‘भेटायो’ एपबाट नै दिने गरेका छौं । प्रत्येक सेवा फरक फरक ठाउँमा गएर खोज्न गा¥हो हुन्छ । हामीसँग काम गर्ने श्रमिकहरुको लामो अनुभव हुन्छ । हामीले लिने शुल्क पनि सस्तो छ ।

– ‘भेटायो’ का चुनौती के के छन् ?

‘भेटायो’ एप प्रोभाइडरहरुलाई बुझाउन गा¥हो थियो । सुरुमा कुरा बुझाएर तालिम दिन नै समस्या भयो ।
एप सबैले चलाउन सक्ने बनाउन पनि चुनौती थियो । विस्तारै एप सहज र सरल बन्दै गएको छ ।


प्रतिक्रिया

One thought on “‘भेटायो’ बाट आवश्यक १२ वटा सेवा लिन सकिन्छ : रोचनमान महर्जन (कुराकानी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर