इंग्लिस प्रिमियर लिग: रोनाल्डोको गोलमा युनाइटेडको जित – Nepal Press

इंग्लिस प्रिमियर लिग: रोनाल्डोको गोलमा युनाइटेडको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ ।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १–१ गोल गरे ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर